गण्डकी बजेट वक्तव्य : कृषि मन्त्रालयलाई २ अर्ब
शनिबार, ०१ असार २०८१, १७ : ४१
पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा कृषि मन्त्रालयलाई २ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. टकराज गुरुङले कृषि मन्त्रालयलाई २ अर्ब ९ करोड विनियोजन गरेको जानकारी दिए ।
आगामी वर्ष गाँजा खेतीलाई कानुनी प्रक्रिया मार्फत निष्कर्षमा पुर्याउने उनले बताए । यस्तै, प्राङ्गारिक कृषि उत्पादनका लागि २ करोड २३ लाख, अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउन ३ करोड ५२ लाख छुट्ट्याएको छ ।
सरकारले मध्य पहाडी लोकमार्ग अन्तर्गत गोरखाका स्थानीय तहमा बाख्रा विकास कार्यक्रम चलाउन २ करोड २६ लाख विनियोजन गरेको छ भने पशु खोपलाई प्राथमिकता दिएको अर्थमन्त्री गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण