भारतीय नागरिक सुनसहित पक्राउ
आइतबार, ०२ असार २०८१, १३ : ५६
काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ४३ वर्षीय नितिन महेश्वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारेको प्रहरीले जानकारी दिइएको छ । करिब ८९ ग्रामको सुनको ब्रासलेट १ थान र सिक्री १ थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे आवश्यक कारबाहीको लागि महेश्वरीलाई भन्सार कार्यालय बुझाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण