बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतीय नागरिक सुनसहित पक्राउ

आइतबार, ०२ असार २०८१, १३ : ५६
आइतबार, ०२ असार २०८१

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको ह । 

थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारेको प्रहरीले जानकारी दिइएको छ । करिब ८९ ग्रामको सुनको ब्रासलेट १ थान र सिक्री १ थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे आवश्यक कारबाहीको लागि महेश्वरीलाई भन्सार कार्यालय बुझाइने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप