युरो कपको खेलअघि प्रहरीले किन एक व्यक्तिमाथि गोली प्रहार गर्यो ?
जर्मनी । युरो कपको खेलअघि जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको छ । ह्याम्बर्ग प्रहरीले एउटा ठूलो अपरेशनको क्रममा बञ्चरोले आक्रमण गर्ने धम्की दिने ती व्यक्तिलाई गोली प्रहार गरेको हो ।
घटनामा ती व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उक्त व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
ह्याम्बर्ग प्रहरीले नेदरल्यान्ड्स र पोल्याण्डबिच भएको युरो कपको खेलअघि यो अभियान सुरु गरेको थियो। यस क्रममा उक्त घटना भएको हो ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै उक्त व्यक्तिले प्रहरी अधिकारीलाई लगातार बञ्चरो प्रहार गर्ने धम्की दिइरहेको बताएको छ । यो घटना भएको ठाउँबाट स्टेडियम करिब ८ किलोमिटर टाढा रहेको छ । नेदरल्याण्ड र पोल्याण्डका करिब ३० देखि ३० हजार फ्यानहरू खेलका क्रममा मैदानमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण