मेरो कप्तानीबारे निर्णय पीसीबीको हातमा : बाबर आजम
काठमाडौँ । टी–२० विश्वकपबाट पाकिस्तान समूह चरणबाटै घर फर्कनुपरेपछि कप्तान बाबर आजममाथि धेरैले प्रश्न उठाइरहेका छन् । केही समयअघि मात्र कप्तानी फिर्ता पाएका बाबर यतिबेला फेरि दबाबमा परेका हुन् ।
तर, उनले आफ्नो कप्तानीबारे निर्णय पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) सँगको छलफल र समीक्षापछि मात्र गर्ने स्पष्ट पारेका छन् । बाबरले भने, ‘सन् २०२३ मा मैले कप्तानी छाड्दा मलाई अब मैले त्यो जिम्मेवारी सम्हाल्नु हुँदैन भन्ने लागेको थियो । त्यसैले मैले आफै कप्तानी छाडेर र त्यसको घोषणा गरेको थिएँ ।’
‘मलाई कप्तानी फिर्ता दिने निर्णय पीसीबीको थियो । जब म पाकिस्तान फर्किन्छु, यहाँ जे भयो त्यसको बारेमा छलफल गर्नेछु,’ उनले भने, ‘यदि मैले कप्तानी छाड्नु परे, म खुला रूपमा त्यसको घोषणा गर्नेछु । सबै कुरा खुला रूपमा हुनेछ, केही लुकाइने छैन । अहिलेको कुरा गर्दा, मैले यसबारे केही सोचेकै छैन । यो पीसीबीको हातमा छ ।’
‘के तपाईं कप्तानको रूपमा पाकिस्तान चाँडै प्रतियोगिताबाट बाहिरिएको जिम्मेवारी लिनुहुन्छ ?,’ भन्ने प्रश्नमा बाबरले भने, ‘हामीले कुनै एक व्यक्तिका कारणले हारेका होइनौँ । हामी टिमका रूपमा जित्छौँ र हार्छौँ । तपाईंले मलाई कप्तान भनेर औँला उठाइरहनु भएको छ । तर, म सबै खेलाडीको पोजिसनमा खेल्न सक्दिनँ । टोलीमा ११ जना खेलाडी हुन्छन्, सबैको आ–आफ्नो भूमिका हुन्छ । त्यही भएर उनीहरू यहाँ विश्वकप खेल्न आएका हुन् । मलाई लाग्छ हामी टिमका रूपमा राम्रो खेल्न सकेनौँ । हामीले यो स्वीकार गर्नुपर्छ कि हामीले टिमका रूपमा राम्रो खेल्न सकेनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण