युरोकप फुटबल : फ्रान्सको विजयी सुरुवात
काठमाडौं । फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रियालाई १–० ले हराएर फ्रान्सले विजयी सुरुवात गरेको हो ।
जर्मनीमा जारी युरोको समूह डीमा फ्रान्सले अस्ट्रियालाई १–० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।
फ्रान्स युरोकपको पूर्वविजेता पनि हो । फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो । जारी युरोकपको छनोट प्रतियोगितामा भने फ्रान्स र अस्ट्रिया दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन् । अस्ट्रिया आफ्नो समूहमा दोस्रो हुँदै युरोकपमा छानिएको थियो । त्यो समूहमा पहिलो भएको बेल्जियमको २० र अस्ट्रियाको १९ अङ्क रहेको थियो ।
अर्कोतिर, फ्रान्स आफ्नो समूहमा पहिलो हुँदै युरोकपमा पुगेको थियो । फ्रान्स आफ्नो समूहमा अपराजित रहँदै युरोकपमा छनोट भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण