इंग्ल्यान्डका खेलाडीविरुद्ध भएको रङ्गभेदको यूईएफएले अनुसन्धान गर्ने
बर्लिन । युरो २०२४ अन्तर्गत आइतबार (नेपालमा सोमबार बिहान) भएको खेलमा इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको कथित रङ्गभेदको विषयमा युरोपेली फुटबलको नियामक निकाय यूईएफएले अनुसन्धान गर्ने भएको छ ।
सर्बियालाई १–० गोलले हराउने क्रममा इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध रङ्गभेदी नारा लगाइएको आरोप छ । यूईएफएले यसबारे अनुशासनसम्बन्धी अनुसन्धान गर्ने बताएको हो ।
कसले यसबारे उजुरी गरेको भन्दै खुलेको छैन । तर, इंग्ल्यान्डको टोलीले भने यसबारे उजुरी नगरेको थाहा भएको छ ।
समूह सी अन्तरगतको खेलमा भेदभाव विरोधी संस्था फेरले आफ्ना पर्यवेक्षकहरू खटाएको थियो । यता, खेलका दौरान वस्तुहरू फालेको भन्दै सर्बियन फुटबल एसोसिएसनलाई कारबाही गरिने भएको छ ।
त्यस्तै, खेलका दौरान सर्बियाका समर्थकहरूले कोसोभोविरुद्ध राजनीतिक र रङ्गभेदी सन्देशसहितको ब्यानर प्रदर्शन गरेको समेत उजुरी परेको छ । कोसोभो फुटबल फेडरेसनले यसबारे यूईएफएमा उजुरी दर्ता गरेको हो ।
यता, प्रहरीले इंग्ल्यान्ड र सर्बियाविरुद्धको खेलअघि भएको झडपमा ८ जना समर्थकलाई पक्राउ गरेको जानकारी दिएको छ । यसमध्ये ७ जना सर्बियाका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण