यी पाँच प्रदेशमा फैलियो मनसुन
बिहीबार, ०६ असार २०८१, १४ : ४०

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको भनाइ छ ।
मनसुन आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालको बाँकी भू–भागमा मनसुन फैलिन अझै केही दिन लाग्ने विभागको भनाइ छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुन सक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे