यी पाँच प्रदेशमा फैलियो मनसुन
बिहीबार, ०६ असार २०८१, १४ : ४०
काठमाडौँ । यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको भनाइ छ ।
मनसुन आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालको बाँकी भू–भागमा मनसुन फैलिन अझै केही दिन लाग्ने विभागको भनाइ छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण