टी–२० विश्वकप : भारतीय खेलाडीको हातमा कालो पट्टी किन ?

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणमा बिहीबार राति भारत र अफगानिस्तानबिच खेल भएको थियो । त्यो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
अफगानिस्तानविरुद्धको उक्त खेलमा भारतीय खेलाडीहरु हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । भारतीय खेलाडी खेलाडी कालो पट्टी बाँधेर विश्वकप खेल्न मैदानमा ओर्लिएपछि धेरैले सामाजिक सञ्जालतर्फत यस विषयमा चासो ब्यक्त गरेका थिए ।
खासमा भारतीय टोली अफगानिस्तानविरुद्धको खेलका लागि मैदानमा ओर्लनुअघि भारतका एक पूर्वक्रिकेटरको निधन भएको थियो । भारतीय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका थिए ।
सोही घटनाप्रति शोक ब्यक्त गर्दै भारतीय खेलाडी अफगानिस्तानविरुद्धको खेलमा हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका हुन् । डेभिडले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेका हुन् ।
५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । डेभिड जोन्सनले भारतका लागि दुईवटा टेस्ट पनि खेलेका थिए ।
उनले भारतका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा मध्यमतेज गतिका बलर डेभिडले तीनवटा विकेट पनि लिएका थिए ।
यसका अतिरिक्त डेभिडले ३९ वटा प्रथम श्रेणीको क्रिकेट खेल्दै कुल एक सय २५ विकेट लिएका थिए । उनलाई सन् १९९६ मा जवागल श्रीनाथको स्थानमा भारतीय टोलीमा स्थान दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
-
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार
-
गोकर्णेश्वर घटना : ‘फुच्चेहरू’ भनेको निहुँमा विवाद हुँदा युवकको हत्या