यस्ता छन् खाना खाएपछि कागतीको रस खाँदाका फाइदा
काठमाडौँ । कागती साइट्रिक फल हो । यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ ।
हरेक दिन आहारमा एउटा कागती खाने हो भने दिनभरि चाहिने भिटामिन सीको पूर्ति हुन्छ । यसको फाइदा हेरेर स्वास्थ्य विज्ञहरू पनि खानामा कागती सामेल गर्न सल्लाह दिन्छन् । यसले छालालाई त राम्रो बनाउँछ नै पाचन र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने काम गर्छ । खाना खाएपछि एक चम्चा कागतीको रस पिउँदा शरीरमा अनेकौँ फाइदा हुन्छन् ।
खाना खाने बित्तिकै कागती खाँदाका फाइदाहरू:
पाचन सुधारः खाना खाएलगत्तै कागती खाइयो पाचन रस र इन्जाइमको उत्पादन बढाउँछ र पाचनमा छिटो सुधार ल्याउँछ ।
पीएच ब्यालेन्सलाई सन्तुलित राख्छ: कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले शरीरको पीएच स्तर सन्तुलनमा राख्न मद्दत गर्छ । यसबाट एसिडिटीको समस्यालाई कम हुन्छ ।
इम्युनिटी र कोलाजेन बढाउँछ: कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने भएकोले यसले प्रतिरक्षा प्रणाली बूष्ट गर्न पनि मद्दत गर्छ । यसले कोलाजेनको उत्पादन बढाउँछ । यो छालाको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण: कागतीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा अक्सिडेटिभ क्षति वा तनाव रोकेर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
पेट फुल्ने समस्या हटाउँछ: पेट फुलेको छ वा अपचको समस्या छ भने कागतीको रसले राहत दिलाउन मद्दत गर्दछ । यो अम्लीय प्रकृतिको भएपनि यसको प्रभाव अल्कलाइन हुन्छ । जसबाट पीएच स्तर सन्तुलित रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण