रास्वपाको चियापानमा ओली : तान ताने, च्याउ पाए उपहार ! तस्बिरहरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार चियापन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा गरिएको चियापानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, मन्त्री, र नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरूले सहभागिता जनाए ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य मन्त्रीहरू सहभागी भए ।
चियापानमा सबैभन्दा पछि पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । चियापानकै अवसरमा रास्वपाले नेपाली उत्पादनका विभिन्न स्टलहरु राखेको थियो । ती स्टलहरूको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चासोपूर्वक अवलोकन गरेका छन् । त्यसक्रममा अध्यक्ष ओलीलाई भाङ्ग्रो, अल्लो लगायतबाट बनाइएका कपडा उपहार दिइएको छ । त्यस्तै नेपाली उत्पादन च्याउ समेत ओलीलाई उपहार दिइएको थियो । त्यस्तै अध्यक्ष ओलीले केहीबेर स्टलमा राखिएको कपडा बुन्ने तान चलाएका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण