बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
दोस्रो स्थापना दिवस

रास्वपाको चियापानमा ओली : तान ताने, च्याउ पाए उपहार ! तस्बिरहरु

शुक्रबार, ०७ असार २०८१, १६ : १८
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार चियापन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा गरिएको चियापानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, मन्त्री, र नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरूले सहभागिता जनाए ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख  देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य मन्त्रीहरू सहभागी भए । 

चियापानमा सबैभन्दा पछि पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । चियापानकै अवसरमा रास्वपाले नेपाली उत्पादनका विभिन्न स्टलहरु राखेको थियो । ती स्टलहरूको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चासोपूर्वक अवलोकन गरेका छन् । त्यसक्रममा अध्यक्ष ओलीलाई भाङ्ग्रो, अल्लो लगायतबाट बनाइएका कपडा उपहार दिइएको छ । त्यस्तै नेपाली उत्पादन च्याउ समेत ओलीलाई उपहार दिइएको थियो । त्यस्तै अध्यक्ष ओलीले केहीबेर स्टलमा राखिएको कपडा बुन्ने तान चलाएका थिए ।

bishnuoli-rspoli-rsp1oli-rsp2oli-rsp3oli-rsp4oli-rsp5oli-rsp6oli-rsp7oli-rsp8oli-rsp12oli-rsp13oli-rsp14rajn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप