रञ्जना न्यौपानेको म्युजिक भिडियो ‘बन्द खाम’ सार्वजनिक (भिडियो)
काठमाडौँ । कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ ।
गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा रविना बाकेको निर्देशन रहेको छ भने बालकुमार मगरले छायाङ्कन र सम्पादन गरेका हुन् ।
सहायक छायाङ्कनमा गोपाल मगरले सहयोग गरेका छन् । न्यौपानेको शब्द रहेको यो गीतमा उनी आफैँले मोडलिङ समेत गरेकी छिन् । मोडलिङमा न्यौपानेलाई उनका श्रीमान् उमेश सापकोटाले साथ दिएका छन् ।
म्युजिक भिडियोमा प्रेमिल जोडीको माया पिरतीका विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । न्यौपानेको रेकर्ड गरिएको यो पहिलो गीत तथा म्युजिक भिडियो हो ।
आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने न्यौपानेले बताएकी छिन् ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण