रञ्जना न्यौपानेको म्युजिक भिडियो ‘बन्द खाम’ सार्वजनिक (भिडियो)

काठमाडौँ । कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ ।
गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा रविना बाकेको निर्देशन रहेको छ भने बालकुमार मगरले छायाङ्कन र सम्पादन गरेका हुन् ।
सहायक छायाङ्कनमा गोपाल मगरले सहयोग गरेका छन् । न्यौपानेको शब्द रहेको यो गीतमा उनी आफैँले मोडलिङ समेत गरेकी छिन् । मोडलिङमा न्यौपानेलाई उनका श्रीमान् उमेश सापकोटाले साथ दिएका छन् ।
म्युजिक भिडियोमा प्रेमिल जोडीको माया पिरतीका विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । न्यौपानेको रेकर्ड गरिएको यो पहिलो गीत तथा म्युजिक भिडियो हो ।
आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने न्यौपानेले बताएकी छिन् ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धि प्रति शंका, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
-
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो
-
प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख