भारतले बंगलादेशलाई दियो १९७ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई जितका लागि एक सय ९७ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको हो । हार्दिक पाण्ड्या ५० रनमा अविजित रहे । उनले २७ बलमा तीन छक्का र चार चौका हिर्काए ।
ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे । ओपनर रोहितले केवल ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे ।
ओपनरको भूमिकामा ओर्लिएका विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए । उनले २४ बलको सामना गरी तीन छक्का पनि हिर्काए । बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक–एक विकेट लिए ।
भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । आफ्नो पहिलो खेलमा विजयी भएका अस्ट्रेलिया र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । आफ्नो पहिलो खेलमा पराजित भएका अफगानिस्तान र बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् । शनिबार रातिको खेलमा पराजित भए बंगलादेशको सेमिफाइनलमा पुग्ने सपना लगभग समाप्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग