करण परियार बने नेपाल आइडल
आइतबार, ०९ असार २०८१, ०० : १०

काठमाडौँ । नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।
ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।
विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए l फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ तथा सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धि प्रति शंका, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
-
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो
-
प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख