गुजरातका पाठ्यपुस्तकमा बौद्ध धर्मसम्बन्धी पाठलाई लिएर विवाद

नयाँ दिल्ली । गुजरातमा कक्षा १२ को समाजशास्त्रको पाठ्यपुस्तकमा बौद्ध धर्मसम्बन्धी पाठलाई लिएर विवाद उत्पन्न भएको छ । गुजरात पाठ्यपुस्तक बोर्डले प्रकाशित गरेको सो पुस्तकले बौद्ध धर्मबारे गलत धारणा फैलाएको र पाठमा धेरै त्रुटि रहेको बौद्ध धर्मावलम्बीहरूको भनाइ छ ।
बौद्ध धर्मावलम्बीहरूले गुजरात पाठ्यपुस्तक बोर्डका निर्देशकलाई भेटेर विरोध दर्ता गरेका छन् । विरोधस्वरुप मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यपाल देवव्रत अयरीलाई पनि निवेदन पठाइएको छ । यस विषयमा गुजरात राज्य पाठ्यपुस्तक बोर्डले पनि आफ्नो गल्ती स्वीकारेको छ ।
के कुरामा रिसाए बौद्ध धर्मावलम्बीहरू ?
गुजरात सरकारको पाठ्यपुस्तक बोर्डले निकालेको कक्षा १२ को समाजशास्त्र पुस्तकको दोस्रो अध्यायको १६ औं पृष्ठमा बौद्ध धर्मबारे एउटा पाठ छ । जसमा बुद्ध धर्मका दुई तह भएको भन्दै बौद्ध धर्मावलम्बीहरूको माथिल्लो वर्गमा ब्राह्मण, क्षेत्री र केही गृहस्थ श्रेणीका मानिस रहेको र तल्लो वर्गमा बुद्ध धर्म ग्रहण गरेका आदिवासी र सीमान्तकृत मानिसहरू भएको बताइएको छ ।
बौद्ध धर्मावलम्बीहरूले यस पाठप्रति आपत्ति जनाएका छन् । बुद्ध धर्म जातीय छुवाछुत मुक्त भएको तर सो पाठले जातिवादलाई बढवा दिएको उनीहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
-
आर्थिक सुधारमा राष्ट्र बैंकले २२ काम गर्नुपर्ने, भारुको विनिमयदर परिवर्तनको एजेन्डा
-
नेपाल धितोपत्र बोर्डको पुनर्संरचना गर्दै सरकार
-
युक्रेनी ड्रोन आक्रमण : लगातार तेस्रो रात पनि मस्कोका विमानस्थलहरू बन्द
-
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा सहभागी हुन दुलाल फिलिपिन्स प्रस्थान