गुजरातका पाठ्यपुस्तकमा बौद्ध धर्मसम्बन्धी पाठलाई लिएर विवाद
नयाँ दिल्ली । गुजरातमा कक्षा १२ को समाजशास्त्रको पाठ्यपुस्तकमा बौद्ध धर्मसम्बन्धी पाठलाई लिएर विवाद उत्पन्न भएको छ । गुजरात पाठ्यपुस्तक बोर्डले प्रकाशित गरेको सो पुस्तकले बौद्ध धर्मबारे गलत धारणा फैलाएको र पाठमा धेरै त्रुटि रहेको बौद्ध धर्मावलम्बीहरूको भनाइ छ ।
बौद्ध धर्मावलम्बीहरूले गुजरात पाठ्यपुस्तक बोर्डका निर्देशकलाई भेटेर विरोध दर्ता गरेका छन् । विरोधस्वरुप मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यपाल देवव्रत अयरीलाई पनि निवेदन पठाइएको छ । यस विषयमा गुजरात राज्य पाठ्यपुस्तक बोर्डले पनि आफ्नो गल्ती स्वीकारेको छ ।
के कुरामा रिसाए बौद्ध धर्मावलम्बीहरू ?
गुजरात सरकारको पाठ्यपुस्तक बोर्डले निकालेको कक्षा १२ को समाजशास्त्र पुस्तकको दोस्रो अध्यायको १६ औं पृष्ठमा बौद्ध धर्मबारे एउटा पाठ छ । जसमा बुद्ध धर्मका दुई तह भएको भन्दै बौद्ध धर्मावलम्बीहरूको माथिल्लो वर्गमा ब्राह्मण, क्षेत्री र केही गृहस्थ श्रेणीका मानिस रहेको र तल्लो वर्गमा बुद्ध धर्म ग्रहण गरेका आदिवासी र सीमान्तकृत मानिसहरू भएको बताइएको छ ।
बौद्ध धर्मावलम्बीहरूले यस पाठप्रति आपत्ति जनाएका छन् । बुद्ध धर्म जातीय छुवाछुत मुक्त भएको तर सो पाठले जातिवादलाई बढवा दिएको उनीहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण