गैर–अमेरिकीहरूलाई ग्र्याजुएसन सक्नेबित्तिकै ग्रिनकार्ड दिनु पर्छ : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कलेजबाट ग्र्याजुएट हुने बित्तिकै गैर अमेरिकीहरूलाई अमेरिकामा बस्न र काम गर्न ग्रीन कार्ड दिइनु पर्ने बताएका छन् । कलेजको पढाई पूरा हुने बित्तिकै उनीहरूले स्वतः ग्रिन कार्ड पाउने व्यवस्था गरिनु पर्ने उनले बताएका छन् ।
बिहीबार एक पोडकाष्टमा उनले यस्तो बताएका हुन् । अमेरिकामा बसेर पढ्ने अनि स्वदेश फर्केर अरबपति बन्ने भन्दै स्वदेश फर्किन नदिन यस्तो कदम चाल्नु पर्ने ट्रम्प बताउँछन् ।
अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस्तोमा त्यहाँ यति बेला आप्रवासन र अवैध आप्रवासीको मुद्दा तात्तातो विषय बनेको छ । ट्रम्पले सधैँ योग्यतामा आधारित कानुनी आप्रवासन प्रणालीको समर्थन गरेका छन् । ‘म जे गर्न चाहन्छु र जे गर्नेछु त्यो कलेजबाट ग्र्याजुएट हुने बित्तिकै स्वतः यो देशमा बस्न दिन तिमीहरूलाई प्रमाणपत्रको साथमा एउटा ग्रिन कार्ड दिने हो ।’ उनले भनेका छन् ।
यसमा कनिष्ठ कलेजका विद्यार्थी समेत पर्ने उनको भनाइ छ । ट्रम्पले सन् २०१६ को चुनावी अभियानमा पनि यस्तै भनेका थिए । तर चुनाव जितिसकेपछि उनले गैरकानूनी आप्रवासनमा कडाइ गर्ने काम मात्रै गरे । पोडकाष्टमा एक जना होष्टले सोधेको प्रश्नको उत्तर दिने क्रममा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । पोडकाष्टमा चारमध्ये ३ जना होष्ट आप्रवासी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण