ट्रिप एडवाइजरको बेष्ट नेचर डेस्टिनेसनको शीर्ष स्थानमा काठमाडौँ
आइतबार, ०९ असार २०८१, १८ : २५
काठमाडौँ । अमेरिकी अनलाइन ट्राभल एजेन्सी ट्रिपएडवाइजरले काठमाडौँलाई यस वर्षको बेष्ट नेचर डेस्टिनेसनको रूपमा सूचीकृत गरेको छ ।
सूचीको शीर्ष स्थानमा नेपालको राजधानी काठमाडौँ रहेको छ । आफ्नो साइटमा ट्रिपएडवाइजरले काठमाडौँलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको सहरका रूपमा वर्णन गरेको छ ।
यो सूचीको दोस्रो स्थानमा भियतनामको हालोङ बे छ । इजिप्टको हुर्घदा तेस्रो र मरिसस चौथो स्थानमा छन् । त्यस्तैगरी इन्डोनेशियाको लोम्बोक पाँचौँ वेस्ट नेचर डेस्टिनेसन रहेको छ । अमेरिकाको काउआई छैठो स्थानमा छ ।
जन्जिबार टापु सातौँ स्थानमा छ भने ग्र्यान्ड केम्यान आठौँ स्थानमा छ । गुआडेलउपे सूचीको नवौँ स्थानमा र दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्क १० औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण