सेमिफाइनलको रस्साकस्सी : दक्षिण अफ्रिकासामु जितका लागि १ सय ३६ रनको लक्ष्य
नर्थ साउन्ड । आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ५२ रन जोडे । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा मात्र ५ रन बनाउँदा टोलीले २ विकेट गुमाइसकेको थियो ।
त्यसपछि चेसले ओपनर कायल मायर्ससँग मिलेर इनिङ्स सम्हालेका थिए । मायर्सले ३४ बलमा ३५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । रनआउट हुनअघि आन्द्रे रसलले ९ बलमा १५ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिए ।
कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए ।
टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउने होडमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन् । समूह २ बाट यसअघि नै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । आजको खेलले समूहबाट दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण