मेलम्चीमा आएको बाढीबारे सांसद सापकोटाद्वारा सरकारको ध्यानाकर्षण
सोमबार, १० असार २०८१, १३ : २३
काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा भारी वर्षा हुँदा मेलम्ची खोलामा ठुलो बाढी आउँदा अस्थायी पुल बगाएको बताए ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यसबाट मेलम्ची नगरपालिका, पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकाका २–२ वटा वडाको आवतजावत प्रभावित भएको बताएका हुन् । ‘हिउँद लागेपछि अस्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरेर हाम्रो पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस्,’ उनले भने ।
सरकारले स्थानीय तहलाई दिनुपर्ने ९३ प्रतिशत वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण