फणीन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने निर्णय सुनाएको हो।
सर्वोच्चको यो आदेशपछि उनीमाथि माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयनमा रोक लागेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिन उनले फ्लोर क्रस गरेका थिए ।
फ्लोर क्रस गरेर नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिएपछि आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लङ्घन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।
उनी गोरखा निर्वाचन क्षेत्र २ को १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । माओवादीको निर्वाचन चिह्न लिएर उठे पनि उनले आफू नेपाल समाजवादी पार्टीको उम्मेदवार भएकाले स्वतन्त्र हुने दाबी गर्दै आएका थिए । उनले यही कारण आफूले मन लागेको मुख्यमन्त्रीको उम्मेदवारलाई मत दिन पाउने तर्क गर्दै आएका थिए ।
यही तर्क सर्वोच्चको रिटमा पनि उनले गरेका थिए । सर्वोच्चको यो आदेशपछि उनको सांसद पद जोगिएको छ भने माओवादीको कारबाही फैसला नभएसम्मका लागि रोक लागेको छ। गण्डकी प्रदेशका ६० सदस्य प्रदेशमा बहुमत पुर्याउनका लागि नेपाली कांग्रेसले देवकोटाको मत लिएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण