भारतीय टोलीबाट बाहिरिन सक्छन् रोहित शर्मा र विराट कोहली
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्वक्रिकेटर गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी अगाडि बढाएको छ । बीसीसीआईका पदाधिकारीले विभिन्न चरणमा गम्भीरसँग छलफल पनि गरिसकेका छन् ।
अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपलगत्तै भारतीय टोलीका वर्तमान प्रमुख प्रशिक्षक राहुल द्रविडको पदावधि पनि सकिँदै छ । तर, भारतीय टोलीको प्रमुख प्रशिक्षक बन्न गौतम गम्भीरले बीसीसीआईका पदाधिकारीसँग विभिन्न पाँचवटा माग राखेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, गौतम गम्भीरले बीसीसीआईसँग राखेको मागले भारतीय टोलीका कप्तान रोहित शर्मा, प्रभावशाली ब्याट्सम्यान विराट कोहलीजस्ता खेलाडीको खेलजीवन अप्ठ्यारोमा पर्न सक्छ ।
गम्भीर प्रमुख प्रशिक्षक बनेपछि रोहित, विराटलगायतका केही अनुभवी खेलाडी टोलीबाट बाहिरिन सक्ने सम्भावना छ । प्रमुख प्रशिक्षक बन्न गौतम गम्भीरले बीसीसीआई समक्ष राखेका पाँच सर्त यस्ता छन् ।
पहिलो माग : गौतम गम्भीरले प्रमुख प्रशिक्षक बनेपछि टोलीको विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार आफूसँग निहित हुनुपर्ने माग गरेका छन् । उनले बीसीसीआईले कुनै पनि हस्तक्षेप गर्न नपाउने सर्त राखेका छन् ।
दोस्रो माग : गौतम गम्भीरले प्रमुख प्रशिक्षक बनेपछि प्रशिक्षण टोलीका सम्पूर्ण सदस्य आफूले नै चयन गर्न पाउनु पर्ने सर्त पनि राखेका छन् । उनले ब्याटिङ प्रशिक्षक, बलिङ प्रशिक्षक र फिल्डिङ प्रशिक्षक पनि आफैले चयन गर्ने सर्त राखेका छन् ।
तेस्रो माग : गौतम गम्भीरले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा, मोहम्मद सामीलगायतका सिनियर खेलाडीका लागि अन्तिम खेल हुन सक्ने माग पनि राखेका छन् । यदि यी खेलाडीले च्याम्पियन्स ट्रफीमा राम्रो प्रदर्शन गर्न नसके टोलीबाट हटाइनु पर्ने माग उनले राखेका छन् । त्यसैले गम्भीर प्रमुख प्रशिक्षक बनेमा च्याम्पियन्स ट्रफीपछि यी सिनियर खेलाडी तीनवटै ढाँचाको प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना छ ।
चौथो माग : गौतम गम्भीर आफू प्रमुख प्रशिक्षक बनेमा टेस्ट क्रिकेटका लागि छुट्टै टोली बनाउन पाउनु पर्ने माग पनि राखेका छन् ।
पाँचौँ माग : गौतम गम्भीरले आफू प्रमुख प्रशिक्षक बनेमा अहिलेदेखि नै सन् २०२७ को एकदिवसीय विश्वकपका लागि ठोस योजना बनाएर अगाडि बढ्न पाउनु पर्ने माग पनि राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण