गृहसचिव र दुई संगठनका आईजी अमेरिका प्रस्थान
सोमबार, १० असार २०८१, १८ : ०७
काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आईजी अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेशन चिफ अफ पुलिस समिटमा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।
असार १२ र १३ मा हुने समिटमा भाग लिन सचिव अर्याल, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एकजना एसएसपी त्यसतर्फ प्रस्थान गरेका छन् ।
गृह मन्त्रालयका अधिकारीहरू र सुरक्षा निकायका उच्च अधिकारीहरूले भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण