गृहसचिव र दुई संगठनका आईजी अमेरिका प्रस्थान
सोमबार, १० असार २०८१, १८ : ०७

काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आईजी अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेशन चिफ अफ पुलिस समिटमा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।
असार १२ र १३ मा हुने समिटमा भाग लिन सचिव अर्याल, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एकजना एसएसपी त्यसतर्फ प्रस्थान गरेका छन् ।
गृह मन्त्रालयका अधिकारीहरू र सुरक्षा निकायका उच्च अधिकारीहरूले भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर