बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

घुँडाको उपचारका लागि दलाई लामा अमेरिकामा

सोमबार, १० असार २०८१, २० : २४
सोमबार, १० असार २०८१

वाशिङ्टन डीसी । निर्वासित तिब्बती धर्म गुरु दलाई लामा अमेरिका पुगेका छन् । घुँडाको उपचारका लागि लामा त्यहाँ गएको बताइएको छ । 

८८ वर्षीय लामाको सन २०१८ यताको यो पहिलो विदेश भ्रमण हो । उनी अमेरिका पुगेको चाँहि यो सन् २०१७ यता पहिलो पटक भएको बताइएको छ  ।

लामा आइतबार न्यूयोर्कस्थित होटलमा पुग्दा उनलाई सयौँ समर्थक र भक्तहरू पनि उनको दर्शका लागि पुगेका थिए । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीलगायत एक अमेरिकी प्रतिनिधि मन्डलले लामासँग भारतमा भेटघाट गरेको केही दिनमै उनी अमेरिका गएका हुन् । भेटमा अमेरिकी प्रतिनिधिहरूले लामालाई उनको उत्तराधिकार चयनमा चीनलाई प्रभावित गर्न नदिने आश्वासन दिएका थिए ।

यस पटकको अमेरिका भ्रमणमा लामाले कुनै अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट भएको छैन । चीनले लामालाई भयानक पृथकतावादी नेताको रुपमा हेर्ने गरेको छ । दलाई लामाको पछिल्लो अमेरिका भ्रमणले चीन चिढिने निश्चित प्रायः छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप