घुँडाको उपचारका लागि दलाई लामा अमेरिकामा
वाशिङ्टन डीसी । निर्वासित तिब्बती धर्म गुरु दलाई लामा अमेरिका पुगेका छन् । घुँडाको उपचारका लागि लामा त्यहाँ गएको बताइएको छ ।
८८ वर्षीय लामाको सन २०१८ यताको यो पहिलो विदेश भ्रमण हो । उनी अमेरिका पुगेको चाँहि यो सन् २०१७ यता पहिलो पटक भएको बताइएको छ ।
लामा आइतबार न्यूयोर्कस्थित होटलमा पुग्दा उनलाई सयौँ समर्थक र भक्तहरू पनि उनको दर्शका लागि पुगेका थिए । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीलगायत एक अमेरिकी प्रतिनिधि मन्डलले लामासँग भारतमा भेटघाट गरेको केही दिनमै उनी अमेरिका गएका हुन् । भेटमा अमेरिकी प्रतिनिधिहरूले लामालाई उनको उत्तराधिकार चयनमा चीनलाई प्रभावित गर्न नदिने आश्वासन दिएका थिए ।
यस पटकको अमेरिका भ्रमणमा लामाले कुनै अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट भएको छैन । चीनले लामालाई भयानक पृथकतावादी नेताको रुपमा हेर्ने गरेको छ । दलाई लामाको पछिल्लो अमेरिका भ्रमणले चीन चिढिने निश्चित प्रायः छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण