बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो ब्राजिल

मङ्गलबार, ११ असार २०८१, ०९ : ५२
मङ्गलबार, ११ असार २०८१

लस एन्जलिस । कोपा अमेरिकामा उपाधिको दाबेदार मानिएको ब्राजिलले निराश सुरुवात गरेको छ । ब्राजिल आफ्नो पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेल अवधि भर बलमा नियन्त्रण राखे पनि टोलीले गोल भने गर्न सकेन । भिनिसियस जुनियर र रोड्रिगोजस्ता स्टार खेलाडीहरूले खासै कमाल देखाउन सकेनन् ।

ब्राजिल प्रतियोगिताको समूह डीमा रहेको छ । यो समूहको शीर्ष स्थानमा ३ अङ्कसहित कोलम्बिया रहेको छ । कोलम्बियाले पहिलो खेलमा पाराग्वेलाई हराएको थियो । बराबरीपछि ब्राजिल र कोस्टारिकाको एक–एक अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप