उडेको ५० मिनेटपछि विमान अचानक २७ हजार फिट तल झरेपछि

सोल । दक्षिण कोरियाको सोेलस्थित इनच्योन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको ५० मिनेटपछि कोरियन एयरको केई १८९ उडान अचानक हजारौँ फिट तल झर्यो । यो घटनापछि विमानको आकस्मिक अवतरण गरिएको छ । यस घटनामा धेरै यात्रुलाई सास फेर्न गाह्रो भएको बताइएको छ ।
विमान ताइवानको ताइचुङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान उडेको ५० मिनेटपछि जेजु टापुमा उडिरहेको थियो । तर प्रेसराइजेसन सिष्टममा खराबीका कारण १५ मिनेटको अवधिमा विमान २६ हजार ९०० फिट तल झर्यो । उचाइमा रहेको विमान अचानक तल झर्न थालेपछि यात्रुहरूले धेरै समस्या भोग्नुपरेको थियो ।
कसैको कान दुख्न थाल्यो त कसैलाई सास फेर्न समस्या भएको बताइएको छ । यात्रुहरू सुरक्षाको लागि अक्सिजन मास्क लगाउन बाध्य भएका थिए । विमान ताइचुङ विमानस्थलमा आकस्मिक अवतरण गरियो । १७ जनालाई स्वास्थ्य उपचार दिइएको भएपनि पछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यस घटनाका लागि कोरियन एयरले यात्रीहरूसँग माफी मागेको छ ।
यस मामिलामा छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको । पीडितका लागि खाना र यातायातको व्यवस्था गरिएको थियो । घटना भएको १९ घण्टापछि २३ जुनमा अर्को विमानबाट यात्रीहरूलाई पठाइयो । एयरलाइन्सले प्रेसराइजेशन सिस्टम फेल हुनुको कारणबारे अनुसन्धान गरिरहेको कोरियन एयरका प्रवक्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट
-
गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ