उडेको ५० मिनेटपछि विमान अचानक २७ हजार फिट तल झरेपछि
सोल । दक्षिण कोरियाको सोेलस्थित इनच्योन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको ५० मिनेटपछि कोरियन एयरको केई १८९ उडान अचानक हजारौँ फिट तल झर्यो । यो घटनापछि विमानको आकस्मिक अवतरण गरिएको छ । यस घटनामा धेरै यात्रुलाई सास फेर्न गाह्रो भएको बताइएको छ ।
विमान ताइवानको ताइचुङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान उडेको ५० मिनेटपछि जेजु टापुमा उडिरहेको थियो । तर प्रेसराइजेसन सिष्टममा खराबीका कारण १५ मिनेटको अवधिमा विमान २६ हजार ९०० फिट तल झर्यो । उचाइमा रहेको विमान अचानक तल झर्न थालेपछि यात्रुहरूले धेरै समस्या भोग्नुपरेको थियो ।
कसैको कान दुख्न थाल्यो त कसैलाई सास फेर्न समस्या भएको बताइएको छ । यात्रुहरू सुरक्षाको लागि अक्सिजन मास्क लगाउन बाध्य भएका थिए । विमान ताइचुङ विमानस्थलमा आकस्मिक अवतरण गरियो । १७ जनालाई स्वास्थ्य उपचार दिइएको भएपनि पछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यस घटनाका लागि कोरियन एयरले यात्रीहरूसँग माफी मागेको छ ।
यस मामिलामा छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको । पीडितका लागि खाना र यातायातको व्यवस्था गरिएको थियो । घटना भएको १९ घण्टापछि २३ जुनमा अर्को विमानबाट यात्रीहरूलाई पठाइयो । एयरलाइन्सले प्रेसराइजेशन सिस्टम फेल हुनुको कारणबारे अनुसन्धान गरिरहेको कोरियन एयरका प्रवक्ताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण