‘यो मन त मेरो नेपाली हो’को सकियो छायाङ्कन
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सकिएको छ । सोमबार चलचित्र विकास कम्पनी बालाजुमा ‘आँखै रसिलो’ गीतको छायाङ्कनसँगै फिल्म सकिएको हो ।
दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा अस्मिता अधिकारी र सविन सुवेदीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रोशन श्रेष्ठ र आयुषा समालसँगै ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहको अभिनय तथा नृत्य छ ।
अमेरिकामा समेत छायाङ्कन भएको फिल्म झापा, इलाम भारतको सिकिम, दार्जलिङ, जयगाउँ, पश्चिम् बंगाल लगायतको ठाउँमा छायाङ्कन भएको छ । फिल्ममा नेपालको अलावा भारत ,मलेसिया ,पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिका लगायतका देशका अभिनय छ ।
साहित्यकार मित्र प्रधान ( नर ) को निर्देशन रहेको फिल्म ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा बनेको फिल्म शिवं अधिकारीको लेखनका हुन् ।
_3XdmTr7qZy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण