करेन्ट लागेर दुई जनाको मृत्यु
मङ्गलबार, ११ असार २०८१, १२ : ०४
काठमाडौँ । सुनसरी र सप्तरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका-१ लौकी घर भई इटहरी उपमहानगरपालिका-१३ स्थित रिलायन्स फर्मा पोली प्रालि मिनिरल वाटर बोतल बनाउने कम्पनीमा काम गरी बस्ने २७ वर्षीय अर्जुन कुमार यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सप्तरीको सुरूङ्गा नगरपालिका-११ रामपुर बस्ने ५० वर्षीया उर्मिला देवी थरूनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण