बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर दुई जनाको मृत्यु

मङ्गलबार, ११ असार २०८१, १२ : ०४
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । सुनसरी र सप्तरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका-१ लौकी घर भई इटहरी उपमहानगरपालिका-१३ स्थित रिलायन्स फर्मा पोली प्रालि मिनिरल वाटर बोतल बनाउने कम्पनीमा काम गरी बस्ने २७ वर्षीय अर्जुन कुमार यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी सप्तरीको सुरूङ्गा नगरपालिका-११ रामपुर बस्ने ५० वर्षीया उर्मिला देवी थरूनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप