जरिवाना तिर्नबाट बच्न कारको रङ्ग परिवर्तन गरेपछि...
पेरिस । फ्रान्समा एक पुरुषले ओभर स्पिडमा कार चलाएको जरिवाना तिर्नबाट बच्न कारमा अर्को रङ्ग दलेको छन् । जुन २ मा फ्रान्सेली प्रहरीले कर्नोस्याक नजिकको बाटोमा अधिकतम गति ८० किमी÷घण्टा रहेको सडकमा ओभर स्पिडमा गाडी चलाउनेहरूलाई समात्न स्पिड रडार लगाएका थिए । यस क्रममा एउटा हरियो पोर्श कार १८० किमी÷घण्टाको दरले हुइँकिएर गयो । उनीहरूले नजिकै रहेको ट्राफिक प्रहरीको अर्को टुकडीलाई त्यो कारबारे सूचित गरिदिए । तर ती पुरुषले प्रहरीहरूले कार रोक्न दिएको सङ्केत बेवास्ता गर्दै गए । यो गल्ती गरेपछि जरिवाना त तिर्नु पर्यो नै । कार समातिएला र जरिवाना तिर्न पर्ला भनेर बाठो हुँदै उनले कारमा अर्कै रङ्ग दलेर चलाउन थाले ।
सडक नियम उल्लङ्घन गर्ने कार चहकिलो हरियो रङ्गको पोर्श ९११ स्पोर्ट्स कार थियो । घटनाको समयमा सडकमा एउटा मात्रै हरियो पोर्श कार गुडेको थियो । तर जब पोर्शधनी प्रहरी थानामा आइपुगे उनको कार खैरो थियो । प्रहरीले ओभरस्पिडबारे सोधपुछ गर्दा ४० वर्षिय ती संदिग्धले शुरुमा त छक्क परेको जस्तो नाटक गरे । अनि घटनाको दिनमा कारको हावा फुस्केर चलाउन नसकेकोले ओभरस्पिडको नियम तोड्ने कार आफ्नो हुनै नसक्ने बताए । ती पुरुषको बयानले प्रहरीहरू द्विविधामा परे ।
छानबिन शुरु भयो । नियालेर हेर्दा कारको बडीमा ठाउँठाउँमा हरियो रङ्गको निशान पाइयो । घटनाको एक हप्ता अघि मात्रै कारले प्राविधिक परिक्षण पास गरेको थाहा भयो । थप खोजतलास गर्दा कार शुरुमा हरियो नै रहेको थाहा भयो । आफूविरुद्ध यतिका प्रमाण भेटिएपछि अन्त्यमा पुरुषले पनि आफ्नो गल्ती माने ।
भारी जरिवाना तिर्नबाट बच्न कारमा अर्को रङ्ग लगाएको भनेर पनि कबुले । घटनाको दिनमा प्रहरीहरूले कार रोक्न गरेको सङ्केत आफूले नदेखेको भन्दै नियम पालना गर्न नमानेको र अरुको ज्यान धरापमा पारेको आरोप भने उनले अस्वीकार गरेका छन् ।
यो मामिला नसल्टिँदासम्मको लागि प्रहरीले पोर्श कार आफ्नो नियन्त्रणमा राखेको छ । फ्रान्समा अनुमति दिइएको सीमाभन्दा बढी गतिमा सवारी साधन चलाउँदा १ हजार ३०० यूरोसम्म जरिवाना लाग्छ । चालक अनुमति पत्र नै निलम्बित हुने र सवारी साधन जफ्त हुने सम्भावना पनि हुन्छ । प्रहरीको संकेतमा गाडी नरोकेर अरुको जीवनलाई जोखिममा पार्दा १५ हजार यूरो सम्मको जरिवाना र २ वर्षसम्मको जेल हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण