अफगानिस्तानले बंगलादेशलाई हराउँदा बनेका रेकर्ड
मङ्गलबार, ११ असार २०८१, १५ : ०५
काठमाडौँ । बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो ।
१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । यस खेलमा विभिन्न रेकर्डहरू पनि बनेका छन् । यस्ता छन् ती रेकर्डः
- १ – किंग्सटनमा अफगानिस्तानले हासिल गरेको जित कुनै पनि विश्वकपको खेलमा बंगलादेशविरुद्ध पहिलो हो । यसअघि दुई टोली चारपटक विश्वकपमा आमनेसामने भएका थिए, सन् २०१४ को टी–२० विश्वकपमा एकपटक र एकदिवसीय विश्वकपमा तीनपटक (सन् २०१५, २०१९ र २०२३) । बंगलादेश सबै खेलमा विजयी बनेको थियो ।
- २ – अफगानिस्तान यस विश्वकपको सेमिफाइनलमा पुग्नअघि आईसीसीको पूर्णकालीन सदस्यबाहेक कुनै पनि टोली मुख्य प्रतियोगिताको सेमिफाइनलमा पुगेको अवसर । यसअघि सन् २००३ को एकदिवसीय विश्वकपमा केन्या र सन् २०१७ को च्याम्पियन्स ट्रफीमा बंगलादेश सेमिफाइनलसम्म पुगेका थिए ।
- ९ – टी–२० अन्तर्राष्ट्रियमा रासिद खानले ४ वा सोभन्दा बढी विकेट लिएको अवसर । उनले साकिब अल हसनको ८ पटकको रेकर्ड उछिनेका छन् । बंगलादेशविरुद्ध उनले विश्वकपमा तेस्रोपटक यस्तो उपलब्धि हासिल गरे । विश्वकपका लागि यो पनि रेकर्ड हो । यो उपलब्धि हासिल गर्नेमा उनीसँगै अजन्था मेन्डिस, सइद अजमाल र एनरिच नोर्टजे छन् ।

- ३ – टी–२० अन्तर्राष्ट्रियमा खेलको अन्तिमसम्म ओपनर नटआउट रहेको अवसर । अफगानिस्तानविरुद्ध लिटन दासले यो उपलब्धि हासिल गरे । यसअघि क्रिस गेलले सन् २००९ को सेमिफाइनलमा श्रीलंकाविरुद्ध नटआउट रहेका थिए । सन् २०२३ मा घानाका रिचमन्ड बालेरीले पनि बोत्सवानाविरुद्धको खेलमा यो रेकर्ड बनाएका थिए ।

- १५२ – टी–२० अन्तर्राष्ट्रियमा रासिद खानको विकेटको सङ्ख्या । यस फर्म्याटमा १ सय ५० भन्दा बढी विकेट लिने उनी दोस्रो खेलाडी हुन् । टीम साउथीले १ सय ६४ विकेट लिएका छन् ।
- ५–० – टी–२० विश्वकपका दौरान किंग्सटाउनमा पहिले ब्याटिङ गर्ने टोलीको रेकर्ड । कुनै पनि विश्वकपको एउटा रङ्गशालामा पहिले ब्याटिङ गर्ने टोली अपराजित रहेको यो पहिलो अवसर हो ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण