बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एडभान्स बुकिङमा कल्की २८९८ एडीले कति कमायो ?

मङ्गलबार, ११ असार २०८१, १६ : ४६
मङ्गलबार, ११ असार २०८१

नयाँ दिल्ली । बिहीबार दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्कि २८९८ एडी हलमा रिलिज हुँदै छ । यो फिल्मलाई लिएर उनका फ्यानहरू निकै उत्साहित छन् ।

 लामो समयदेखि फिल्मको चर्चा भइरहेको छ । भर्खरै मात्रै फिल्मको अग्रिम बुकिङ खुलाइएको थियो । ठुलो पर्दामा आउनुअघि नै यो फिल्मले करोडौँ रुपैयाँ कमाउन थालिसकेको छ ।

कल्कि २८९८ एडीको अग्रिम बुकिङ जुन २३ देखि सुरु भएको थियो । पछिल्लो तथ्याङ्क अनुसार यो समाचार लेख्दासम्म फिल्मका ५ लाख ६२ हजार ९४५ टिकट बिक्री भइसकेका छन् । यी टिकटहरू देशभरका ९ हजार १२ शोका लागि बुक गरिएको हो । कमाइको कुरा गर्नु पर्दा यति टिकटको अग्रिम बुकिङबाट फिल्मले १७ करोड ४३ लाख भारु कमाएको छ ।

फिल्मका लागि सबैभन्दा धेरै अग्रिम बुकिङ तेलुगु भाषामा भइरहेको छ । यो भाषामा टुडी र थ्रीडी मिलाएर फिल्मको कुल अग्रिम बुकिङबाट १५ करोड १६ लाख भारुभन्दा बढी कमाइ भएको छ । तेलुगु टुडीमा यो फिल्मका दुई लाख ६९ हजारभन्दा बढी टिकट बिक्री भएका छन् । तेलुगु थ्रीडीमा भने दुई लाख १७ हजारभन्दा बढी टिकट बिक्री भएको बताइएको छ ।

हिन्दी भाषामा पनि फिल्मले शानदार ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्मको हिन्दी संस्करणले पहिलो दिनको अग्रिम बुकिङबाट १ करोड १७ लाख भारु कमाएको छ । हिन्दी थ्रीडी फिल्मको अहिलेसम्म ३३ हजारभन्दा बढी टिकट बिक्री भएको छ । फिल्मले विदेशमा पनि राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फिल्मले पहिलो दिनमा विश्वभर २०० करोडभन्दा बढीको व्यापार गर्न सक्ने विज्ञहरूको अनुमान छ ।

कल्कि २८९८ एडीमा प्रभासको साथमा अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसन जस्ता कलाकारहरू पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म जुन २७ मा हलमा रिलिज हुँदै छ । चलचित्रलाई नाग अश्विनले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप