११ महिनामा ५ अर्ब ६८ करोडको फ्रिज आयात
बुधबार, १२ असार २०८१, १४ : २६
काठमाडौँ । चालू वर्षको ११ महिनाको अवधिमा विदेशबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको फ्रिज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको फ्रिज आयात भएको हो ।
फ्रिज र रेफ्रिजेरेटर लगायत गरी सो मूल्य बराबरको वस्तु आयात भएको तथ्याङ्कमा देखिएको छ । नेपाल आयात हुने फ्रिज, रेफ्रिजेरेटर लगायतका वस्तु चीन, बङ्गलादेश, भारत लगायतका देशबाट आउँछन् ।
यसबाहेक इन्डोनेसिया, कोरिया, मलेसिया लगायतबाट पनि आउने गरेको तथ्याङ्कले देखाउँछ । नेपालमा आउने सबैभन्दा धेरै रेफ्रिजेरेटर र फ्रिज चीन र भारतबाटै आउने गरेको छ ।
नेपाल गर्मीयाममा लागि अत्यधिक प्रयोगमा आउने फ्रिज र रेफ्रिजेरेटरको राम्रो बजार भएको आयात तथ्याङ्कले देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण