भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनल प्रवेश
काठमाडौँ । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत आज भएको खेलमा मेक्सिकोमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । ५५ औँ मिनेटमा मेक्सिकोका जुलियनले फल गरेपछि भेनेजुएलाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई ५७ औँ मिनेटमा सालमन रोनडनले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।
८३ औँ मिनेटमा भेनेजुएलाका मिगुएल नाभारोले फल गरेपछि भारले चेक गरेर मेक्सिकोलाई पेनाल्टीको अवसर दिइएको थियो ।
तर, ८७ औँ मिनेटमा गरेको पेनाल्टी प्रहार मिस भयो । मेक्सिोका ओरविलन पेनेडाले प्रहार गरेको पेनाल्टी खेर गएको थियो । त्यसपछि खेलमा मेक्सिको फर्कन सकेन र अन्ततः भेनेजुएला १–० को जितका साथ तालिकामा ६ अङ्क बनाउँदै शीर्ष स्थानमा उक्लियो । समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकासँग खेल्दा मेक्सिकोले इक्वेडरसँग खेल्ने छ ।
त्यसअघि आजै भएको अर्को खेलमा इक्वेडरले पहिलो जित निकालेको थियो । इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औँ मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।
पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।
५४ औँ मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अङ्क लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण