रुसमा रेलको डब्बा लिक बाहिर निस्किँदा ७० जनाभन्दा बढी घाइते
मस्को । रुसमा एउटा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते भएका छन् । रुसका स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक छ ।
यस घटनामा हालसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । यात्रुवाहक रेल उत्तर–पूर्वी कोमीको भोर्कुटाबाट नोभोरोस्सिएस्कको ब्ल्याक सी बन्दरगाहतर्फ जाँदै थियो ।
दुई स्थानबिचको दूरी पाँच हजार किलोमिटर छ । दुर्घटनामा परेको ट्रेनको नाम ट्रेन ५११ हो । भर्खरैको भारी बर्षाको कारण उक्त सडक अवरुद्ध भएको हुन सक्ने बताइएको छ ।
रिपोर्टकाअनुसार १४ डब्बा भएको सो रेलमा २३२ जना यात्री सवार रहेको रेलवे अपरेटरले बताएको छ ।
प्रभावित सडकमा यातायात अवरुद्ध
रेल अधिकारीका अनुसार दुर्घटना स्थानीय समयअनुसार साँझ ६ः१२ बजे इन्टा सहर नजिक भएको थियो । टेलिग्राममा जारी विज्ञप्तिअनुसार आपत्कालीन सेवाका अधिकारी र राहत टोली घटनास्थलमा पठाइएको छ ।
घाइते यात्रुहरूलाई सहयोग गर्ने उपायहरू भइरहेका छन् । उक्त खण्डमा सवारी आवागमन रोक्का गरिएको छ । पीडितहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भौगोलिक रूपमा उत्तर–पूर्वी कोमी आर्कटिक सर्कलभन्दा माथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण