प्रदेश लगानी बोर्ड स्थापनाको योजना छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले प्रदेश लगानी बोर्डको स्थापनाका लागि बजेट व्यवस्था गरेको बताएका छन् । प्रदेशमा लगानी बढाउने र उद्योग क्षेत्रको विकासका लागि लगानी बोर्ड प्रभावकारी हुने उनले बताए ।
बिहीबार मन्त्रालयमाथि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठ उद्योग क्षेत्रको विकास र प्रदेशको आर्थिक समृद्धि हुनेगरी मन्त्रालयले बजेट ल्याएको बताए । सरकारले प्रदेशको आर्थिक समृद्धि, सामाजिक परिवर्तन, उद्योग विकासको प्रवर्द्धन, उद्यमी जनशक्तिको निर्माण, स्वदेशमै रोजगारी सिर्जना र समग्र प्रदेशको विकास हुने बजेट आएको दाबी बताए ।
जनवादउन्मुख प्रगतिशील सिद्धान्त र प्राथमिकताका साथ नीति कार्यक्रम प्रस्तुत गरेको उनले बताए । प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहमा समावेशी र सन्तुलित आधारमा लक्ष्य केन्द्रीत बजेट विनियोजन भएको उनको भनाई छ । उनका अनुसार युवा, महिला, दलित, अल्पसङ्ख्यक र फरक क्षमता भएका नागरिकहरुलार्ई केन्द्रित गरेर बजेट ल्याएको छ ।
‘सार्वजनिक नीति तथा सहकारीको साझेदारीमा रसुवा, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा हिमालको पानी प्रशोधन, उत्पादन र बिक्रीका लागि व्यवस्थित योजना रहेको छ । प्रदेश सरकारले पूर्व सरकारको तर्फबाट सम्भावना अध्ययन गरी डीपीआर भएका योजनालाई औद्योगिक ग्रामको रूपमा स्थापनाका लागि क्रमागत रूपमा बजेट व्यवस्थापन गरिएको छ’ उनले भने, ‘भक्तपुरको चाँगुनारायण, धादिङको गल्छी, काठमाडौँको टोहरा बुढानीलकण्ठमा नयाँ औद्योगिक ग्रामका लागि सम्भाव्यता अध्ययन गर्ने डीपीआर निर्माणको तयारी रहेको छ ।’
प्रदेशभित्रका स्थानीय तहहरूमा रहेका सांस्कृतिक सम्पदाहरूको विकास र प्रवर्द्धन गर्न तथा पयर्टकहरुलाई लक्षित गरेर कोसेली घर निर्माण गर्ने योजना रहेको उनको भनाई छ । प्रदेशको उद्योग तथा वाणिज्य क्षेत्रको विकास गरी औद्योगिक उत्पादन वृद्धि, आन्तरिक तथा बाह्य व्यापार प्रवर्द्धन गर्न औद्योगिक नीति तथा वाणिज्य नीति तर्जुमा गरी मन्त्रालयको कामलाई व्यवस्थित गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण