पोखरामा क्युएफएक्स पुनः संचालनमा
पोखरा । पोखरामा क्युएफएक्स पुन संचालनमा आएको छ । पोखरा ट्रेडमलमा रहेको सिनेप्लेक्स परिणत भई क्युएफएक्सका रुपमा संचालनमा आएको हो । विहिबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिनेमा हलको उद्घाटन गरे । उनले सिनेमा पारखीका लागि क्युएफएक्सले राम्रो सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
फुर्सद हुँदा आफू पनि सिनेमा हेर्न रुचि राख्ने व्यक्ती भएकाले सिनेमा माध्यम नयाँ विषयवस्तुको जानकारी मिल्न सहज हुने बताए । दर्शकको चाहना बमोजिम पोखरामा सिनेमा हलको विस्तार हुने कार्यले सिनेमा सम्बन्धि गतिविधिलाई बढवा दिन मदत पुग्ने उनले बताए ।
पोखरालाई सिनेमा टुरिजमका रुपमा पनि प्रचारप्रसार गर्न सकिने भनाई मन्त्री थापाको छ । 'पोखरामा अक्सर थुप्रै सिनेमा छायांकन हुने भएकाले ओपन स्टुडियोको रुपमा यसलाई विकसित गर्न सकिने र सिनेमा टुरिजम मार्फत लाभ लिन सकिने हुँदा सबैको ध्यान यतातर्फ पनि केन्द्रित हुन आवश्यक छ ।', उनले भने ।
भौतिक पुर्वाधार मात्रैले भन्दा पनि नीतिगत रुपमा नै सिनेमाको विकासमा प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन । मन्त्री थापाले सरकार एक्लैले गरेर मात्र केही नहुने र सिनेमा सम्बन्धित व्यक्ति र संघसंस्थाको सक्रियतामा नै प्रभावकारी काम गर्न सकिने बताए ।
यसअघि सिनेप्लेक्सको व्यवस्थापन रहेकोमा विहिबार देखि क्युएफएक्सले सम्पूर्ण व्यवस्थापन सम्हालेको हो । पोखरा सिनेप्लेक्सको हल आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको क्युएफएक्सले जनाएको छ।
सुविधा सम्पन्न हलहरूमा दर्शकले आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्ड सिष्टम तथा टु डी र थ्री डी स्क्रिन सहित चलचित्र हेर्न पाउने सुविधा रहेको क्युएफएक्सले जनाएको छ । पोखरा सँगै देशभर क्युफएएक्स सिनेमाको पर्दा सङ्ख्या ४० र हल सङ्ख्या १७ पुगेको छ।
सो अवसरमा पोखरामा पत्रकार र दर्शकलाई बहुप्रतिक्षित सिनेमा 'कल्की' निशुल्क देखाइएको छ । क्युएफएक्सको शुभारम्भ कार्यक्रममा पोखराका व्यवसायिक देखि सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । पोखरामा यसअघि २०७३ सालमा क्युएफएक्स संचालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण