जर्जियाका पूर्वप्रधानमन्त्रीले युरोकपमा पोर्चुगललाई हराउने जर्जियन टोलीलाई ८४ लाख पाउण्ड दिने
काठमाडौँ । जर्जियाले युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘एफ’ मा रहेको जर्जियो एक जित, एक बराबर र एक हारबाट चार अंक बटुल्दै समूहमा तेस्रो भएको थियो ।
त्यसपछि जर्जिया समूहगत चरणमा तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । जर्जिया पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको हो । जर्जियाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले हराएको थियो ।
आफ्नो टोली समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराएपछि जर्जियाका पूर्वप्रधानमन्त्री विडजिना इभानिस्भिलीले राष्ट्रिय फुटबल टोलीलाई व्यक्तिगत तर्फबाट ८४ लाख पाउण्ड पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रतियोगिताको नकआउट चरणमा पनि जर्जियाले बलियो प्रतिद्वन्द्वी पाएको छ । प्रि–क्वार्टरफाइनलमा जर्जियाले स्पेनको सामना गर्नेछ । जारी युरोकपमा जर्जिया फ्रान्सका पूर्वडिफेन्डर विली सग्नोलको प्रशिक्षकत्वमा रहेको छ ।
सत्तारुढ जर्जियन ड्रिम राजनीतिक पार्टीको स्थापना गरेका विडजिना सन् २०१२ मा जर्जियोको प्रधानमन्त्री बनेका थिए । युरोकपमा जर्जियाले पोर्चुगललाई हराएपछि ६८ वर्षीय विडजिनाले भनेका छन्, ‘यो जित हाम्रा लागि ऐतिहासिक र सपनाको जित हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण