जर्जियाका पूर्वप्रधानमन्त्रीले युरोकपमा पोर्चुगललाई हराउने जर्जियन टोलीलाई ८४ लाख पाउण्ड दिने

काठमाडौँ । जर्जियाले युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘एफ’ मा रहेको जर्जियो एक जित, एक बराबर र एक हारबाट चार अंक बटुल्दै समूहमा तेस्रो भएको थियो ।
त्यसपछि जर्जिया समूहगत चरणमा तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । जर्जिया पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको हो । जर्जियाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले हराएको थियो ।
आफ्नो टोली समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराएपछि जर्जियाका पूर्वप्रधानमन्त्री विडजिना इभानिस्भिलीले राष्ट्रिय फुटबल टोलीलाई व्यक्तिगत तर्फबाट ८४ लाख पाउण्ड पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रतियोगिताको नकआउट चरणमा पनि जर्जियाले बलियो प्रतिद्वन्द्वी पाएको छ । प्रि–क्वार्टरफाइनलमा जर्जियाले स्पेनको सामना गर्नेछ । जारी युरोकपमा जर्जिया फ्रान्सका पूर्वडिफेन्डर विली सग्नोलको प्रशिक्षकत्वमा रहेको छ ।
सत्तारुढ जर्जियन ड्रिम राजनीतिक पार्टीको स्थापना गरेका विडजिना सन् २०१२ मा जर्जियोको प्रधानमन्त्री बनेका थिए । युरोकपमा जर्जियाले पोर्चुगललाई हराएपछि ६८ वर्षीय विडजिनाले भनेका छन्, ‘यो जित हाम्रा लागि ऐतिहासिक र सपनाको जित हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
-
गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते
-
सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु