सदस्यता विवाद नटुङ्ग्याई महासङ्घको निर्वाचन प्रक्रियामा सहभागी नहुने प्रेस युनियनको चेतावनी
काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ ।
अध्यक्ष शिव लम्सालद्वारा शुक्रवार विज्ञप्ति जारी गर्दै महासङ्घ नेतृत्वले युनियनसँग गरेको सदस्यता सम्बन्धी प्रतिबद्धता कार्यान्वयन नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए भाग नलिई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
‘युनियनले उठाएका समस्यालाई बेवास्ता गरेर अघि बढेमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं महासङ्घको नेतृत्व हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।
सदस्यता विवादलाई विधान अनुसार टुङ्ग्याउन महासङ्घको नेतृत्वले उदासीनता देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लम्सालले शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासङ्घको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यसअघिकै असहमति जनाएको स्मरण गराएका छन् ।
‘युनियनले असार ९ गते पत्रकार महासङ्घको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे माग सहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चात् असार १० गते महासङ्घको नेतृत्वले महासङ्घका शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा छुटेका सदस्यलाई समेत समावेश गरी अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।’
निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि महासङ्घ नेतृत्वले युनियनसँग कुनै संवाद नगरी बेवास्ता गरेर एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा युनियनले आपत्ति पनि जनाएको छ ।
युनियनले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत बेवास्ता गरी जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासङ्घ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको आरोप पनि लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण