४ मिनेट ३७ सेकेन्डमा इलेक्ट्रिक कारको ब्याट्री ८० प्रतिशतसम्म चार्ज
लन्डन । बेलायती स्टार्टअप नियोबोल्टले विकास गरेको इलेक्ट्रिक कारको ब्याट्री पहिलो ‘लाइभ टेस्टिङ’ मा चार मिनेट ३७ सेकेन्डमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज भएको छ । ब्याट्रीको परीक्षण बेडफोर्डमा विशेष डिजाइन गरिएको कन्सेप्ट स्पोर्ट्स कारबाट गरिएको थियो।
केही मिनेटमै ब्याट्री फुल चार्ज गर्न सकिने प्रविधिको विकास गर्ने प्रयास उद्योगमा भइरहेको छ । यो यी प्रयासहरूको एक हिस्सा हो।
बेलायतमा भारतीय मूलका डा. साई शिवरेड्डीले सुरु गरेको स्टार्टअप कम्पनी निओबोल्टले यो ब्याट्री निर्माण गरेको हो । यसका लागि ३५० किलोवाट डीसी सुपरफास्ट चार्जर चाहिन्छ। विद्युतीय सवारीसाधन (ईभी) लाई छिटो चार्ज गर्ने प्रयासमा यसलाई महत्त्वपूर्ण कदम मानिएको छ ।
हालको टेस्ला सुपरचार्जरले १५-२० मिनेटमा कारको ब्याट्री ८०% सम्म चार्ज गर्न सक्छ। विज्ञहरूका अनुसार विद्युतीय सवारीको माग बढाउनका लागि तथाकथित ‘रेन्ज एन्जाइटी’ लाई हटाउन महत्त्वपूर्ण छ। उनीहरूले चार्जिङ पूर्वाधार सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
निओबोल्टका सह-संस्थापक डा शिवरेड्डीले उनी नतिजाबाट खुसी भएको तर परीक्षण सहज भने नभएको खुलाए । यो पहिलो पटक विशेषज्ञहरूको अगाडि परीक्षण गरिएको छ। प्रयोगशालामा गरिएको परीक्षणले ब्याट्रीलाई ६ मिनेटमा ० प्रतिशतदेखि शतप्रतिशतसम्म चार्ज गर्न सकिने बताएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण