काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आजदेखि सुरु हुने महाधिवेशनअघि काठमाडौँमा र्याली निकालिएको छ । महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालिएको हो ।
_SfbMQq5BdW.jpg)
नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
_FmWWakqx1t.jpg)
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज तयार भइसकेको जानकारी दिए। ती दस्ताबेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
_xFoSgoWhLo.jpg)
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।
_cwFaZQme6y.jpg)
महाधिवेशन स्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।
_wwsLAJguQh.jpg)
करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो ।
_XA1fPuua1C.jpg)
_gslbILylmb.jpg)
_dwbvGIntyt.jpg)
_8TGfIFtgBO.jpg)
_ZTvLqjOD26.jpg)
_Y4EMNehofi.jpg)
_o4b3Ad6a81.jpg)
_qK8htuuRwD.jpg)
_wLDjTyVscY.jpg)
_buXIpIA3Ty.jpg)
_k4XkoeGTdP.jpg)
_MQxb2QCduO.jpg)
_YQESNVNJMl.jpg)
_DjFX2nRimd.jpg)
_mxcHmxSWAJ.jpg)
_5qJqh9tfnE.jpg)
_xob0vuLPD6.jpg)
_hkmJSi0zbC.jpg)
_M1w7jbn5NS.jpg)
_t4ZXGpxLDK.jpg)
_hvCdVCpvCp.jpg)
_MQCUmgLBVq.jpg)
_whKbQfu1dS.jpg)
_4cx4sBzvAd.jpg)
_nA5UYRtJ6y.jpg)
_DhVYLtBQ1j.jpg)
प्रतिक्रिया