फ्रान्समा आम निर्वाचन : जित्लान् दक्षिणपन्थीले ?
पेरिस । फ्रान्समा आम निर्वाचन भइरहेको छ । यसको नतिजा ऐतिहासिक हुनसक्ने अनुमानहरू आइरहेका छन् । दक्षिणपन्थी दल नेशनल र्याली अभूतपूर्व रूपमा सत्ताको नजिक पुग्दै गरेको देखिएको छ ।
मैरीन ली पेन र जोर्डर बारडेलाको पार्टी नेशनल र्याली युरोपेली चुनावमा जीत पछि तीन हप्तामा भएको चुनावी सर्वेक्षणमा अगाडि देखिएको छ ।
निर्वाचनमा मतदाताको सहभागिता बढ्ने आशा गरिएको छ । चुनाव दुई चरणमा हुँदैछ ।
आगामी आइतबार दोस्रो चरणको निर्वाचन हुनेछ । यसपछि राष्ट्रियसभाको ५७७ सिटमा अन्तिम नतिजा आउनेछ ।
साे चुनावको प्रचार प्रसार २० दिन मात्रै चलेको थियो । यसबाट पनि नेशनल र्यालीलाई फाइदा भएकाे बताइन्छ ।
साे दलले आप्रवासन, अपराध र असुरक्षा जस्ता विषयमा आफ्नो अडान तीव्र रूपमा फेरेको थियो । पार्टीले जीवनयापन सङ्कटलाई हटाउन कर घटाउने कुरा पनि गरेको छ ।
जोर्डन बर्डेला दलको पहिलो प्रधानमन्त्री बन्न चाहन्छन् । पहिलो चरणमा आफ्नो दलले दर्जनौँ निर्वाचन क्षेत्रहरूमा स्पष्ट विजय हासिल गर्नेमा उनी विश्वस्त छन् ।
आफ्नो पार्टीले २८९ सिटको पूर्ण बहुमत ल्याएपछि मात्रै यो पद स्वीकार गर्ने उनको भनाइ छ । यसो भएन भने त्रिशङ्कु संसद् हुनेछ र त्यो उनीहरूको हार हुनेछ । पहिलो चरणको नतिजा आइतबार साँझ आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण