सृष्टि बनिन् पाँचौँ एसईई डान्स च्याम्पियनसिपको विजेता
काठमाडौँ । पाँचौँ एसईई डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टि गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौँको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको फाइनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धी थिए ।
ती सबैलाई विभिन्न चरणको नृत्यमा उछिनेर सृष्टि उत्कृष्ट भएकी हुन् । सृष्टिले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्रवृत्ति हासिल गरिन् ।
सो अन्तिम प्रतियोगितामा दोस्रो पुरस्कार काठमाडौँकी प्रगति पोखरेलले र तेस्रो पुरस्कार बबिता मगरले हासिल गरिन् । उनीहरूले क्रमशः ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्रवृत्ति हासिल गरे ।
यो प्रतियोगितामा कहीँ प्रत्यक्ष र कहीँ डिजिटल गरेर सबै प्रदेशबाट अडिसन लिई फाइनलका लागि २५ प्रतिस्पर्धी चयन गरिएको थियो । प्रतियोगितामा फाइनलमा पुगेका २५ जना प्रतिस्पर्धीले नै १२ कक्षासम्म अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।
यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा नृत्य निर्देशकहरू कृष्णप्रसाद पौडेल, प्रेमलाल श्रेष्ठ, रोहिया महर्जन, दिवस गिरी, शान्ति कठायत निर्णायक थिए ।

सोही समारोहमा विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मानित गरियो । कार्यक्रममा सङ्गीत रत्न शम्भुजीत बासकोटालाई सङ्गीत रत्न सम्मानबाट सम्मानित गरियो । यस्तै प्रा. हनि श्रेष्ठलाई नृत्य शिक्षा सम्मान, पत्रकार विदुर गिरीलाई चलचित्र पत्रकारिता सम्मान, चलचित्र निर्देशक दिनेश राउतलाई प्रगतिशील चलचित्र निर्देशक सम्मान, गायक पुष्प गजमेरलाई सङ्गीत सम्मान र नृत्यकार स्वजन रघुवंशीलाई बज्रयोगिनी नृत्य ऊर्जा सम्मानबाट सम्मानित गरियो ।
सोही समारोहमा ‘प्लस टु डान्स च्याम्पियनसिप’को पनि घोषणा गरियो । यसको अडिसन आगामी भदौबाट सुरु हुने यसका आयोजक एवम् प्राज्ञ महेश गोदारले सो कार्यक्रममा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण