बेचन झालाई जिल्ला अदालत काठमाडौँ पेस गरियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ। पक्राउ परेका झालाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालतमा पेस गरेको हो ।
झालाई प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि असार १५ गते पक्राउ गरेको थियो । झाले मन्त्रालय र राजनीतिक व्यक्तिहरूका बिचमा सम्बन्ध विकास गराएर घुस लिई बिचौलियाको काम गरेको आरोप छ ।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।
भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।
मन्त्रिपरिषद्बाट गिरोहले भनेअनुसार भुटानी शरणार्थीसम्बन्धी ‘निर्णय गराउन’ बेचनले चेक लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र
-
कोलम्बियाले गर्यो चीनको बीआरआईमा हस्ताक्षर
-
आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो