नक्कली भुटानी शरणार्थी प्रकरण
बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति
आइतबार, १६ असार २०८१, १७ : १५
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो ।
शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरीले बेचनलाई भारतबाट समातेर शुक्रवार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण