मन्त्री मनाङेले सांसदलाई भने– चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस्
पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेश सरकारसँग पर्याप्त बजेट नभएकोले पैसा नमाग्न आग्रह गरेका छन् । सांसदहरुले मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफल गर्दै बजेट कनिका छरेझैं वितरण गरिएको टिप्पणी गरेका थिए ।
त्यसको जवाफमा मनाङेले भने– ‘जतिबेला पनि कनिका बजेट, बाटो जस्ता कुरा सुनिन्छ । मलाई पनि कनिका चामल मन पर्दैन । अरुलाई पनि कनिका खाउ भन्न सक्दिनँ । तर पैसा नै छैन भने चामल कसरी किन्ने ? कनिकामै गुजारा चलाउनुपर्यो । अहिले हामीसँग पैसा छैन । त्यो हिसावले कनिकामै काम चलाउनुस् ।’
उनले सरकारले प्रतिपक्षीलाई पनि ४० प्रतिशत बजेट दिएको दावी गरे । ‘पहिलेका सरकारले ८०–२० (८० प्रतिशत सत्तापक्ष, २० प्रतिशत प्रतिपक्ष) गर्थ्यो । अहिलेको सरकारले ६०–४० गरेको छ,’ उनले अघि भने, ‘जो मन्त्री भयो त्यसैले भएभरको पैसा लगिदिन्छ । तपाईंहरुले सोच्नुपर्ने पैसा सबैलाई बराबर दिएको छ । त्यो पैसा खै त ? आफ्नो संसदीय दलको नेतालाई सोध्नुस् ।’ मनाङेले बजेट निर्माणमा सँधै कर्मचारी हावी हुँदा मन्त्री र सांसदले प्रश्न खेप्नुपरेको बताएका छन् ।
‘कर्मचारीले पव्लिक राइट्समा फेस गरेकै छैन । फेस हामीले गर्छौं । यस्तो लागिरहेको छ कि हामीले अब छोराछोरीलाई राजनीतिमा ल्याउने होइन, लोकसेवा पढाउनुपर्ने रहेछ । लोकसेवाबाट आयो भने घर बसेरै बजेट हाल्न पाउने रहेछ,’ मनाङेले भने, ‘हामी एकअर्कामा लडाईं गर्दै यो परेन भन्दै बसेका छौँ । उहाँहरुले पिच हालिसक्यो, हामीलाई थाहा छैन । हामी गोरेटोमै बसिरहेका छौँ ।’ सांसदहरुलाई युट्युव र किताब पढेर तर्क नगर्न र प्रदेशको धरातल अनुसार छलफल गर्न उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण