स्पेन र जर्मनीको भिडन्त पक्का
सोमबार, १७ असार २०८१, ०६ : ००
काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्पेन युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा स्पेनले नवप्रवेशी जर्जियालाई ४–१ गोलले हराएको हो ।
खेलमा रोबिनले नोरमान्डको आत्मघाती गोलको मद्दतले जर्जियाले १८ औँ मिनेटमा अग्रता लिएको थियो । तर, ३९ औँ मिनेटमा रोड्रीले स्पेनका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा भने स्पेनले गोलको वर्षा नै गर्यो । ५१ औँ मिनेटमा फाबियन रुइजले टोलीलाई अग्रता दिलाए भने ७५ औँ मिनेटमा निको विलियम्सले अर्को गोल थपे । ८३ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।
योसँगै स्पेन क्वार्टरफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ । अब स्पेनले अन्तिम ८ मा आयोजक जर्मनीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण