देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताएका हुन् ।
उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए ।
उनले भने – ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौँ भने अहिले सिङ्गै राजनीति तरङ्गित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बिचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठुला–ठुला ब्यानर न्युजहरू हामीले पढ्न पाउँछौँ । मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुई जना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने । सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रूपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तर पनि राजनीतिक दलका नेताहरूका बिचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।’
सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण