छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सोमबार, १७ असार २०८१, १३ : ५७
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- मुगु, छाँयानाथ रारा नगरपालिका-४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
- सर्लाही, हरिवन नगरपालिका-१ पटौनास्थित खेत जोत्न जाने क्रममा ज.१ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालक हरिवन नगरपालिका-२ बस्ने ५० सहदेव राउतको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
- यसैगरी सर्लाही, बागमती नगरपालिका-५ केराबारीस्थित सडकमा बा. २९ प ९५९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा सोही गाउँपालिका-४ बस्ने मोटरसाइकल चालक सोम बहादुर डिङडुङको छोरी २ वर्षीया कृष्टिना डिङडुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गाउँ मैत्री अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।
- पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डकस्थित सडकमा परवानपुरबाट गण्डकतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-०२७ प ८०९३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१८ सुखचैन बस्ने ३५ वर्षीया गीता देवीको मृत्यु भएको छ । आइतबार दिउँसो स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
- कैलाली, कैलारी गाउँपालिका-४ ‘के’ गाँउ बस्ने ४० वर्षीय देवल चौधरीले आफैले चलाएको खेत जोत्ने चम्पा टेक्टर घर नजिकै पार्किङ गर्ने क्रममा काठको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण