हजुरबुबाको बाटोमा सैफ अली खानका छोरा
नयाँ दिल्ली । हालै बलिउड अभिनेता सैफ अली खान पत्नी करिना कपुर खान र छोराहरू जेह र तैमुर अली खानसँग लण्डन घुम्न गएका थिए । त्यहाँ उनीहरूले खुबै रमाइलो गरे ।
यसै क्रममा सैफले करिनाको तस्बिर खिचेका थिए । सामाजिक सञ्जालमा एउटा भिडियो पनि निकै भाइरल भइरहेको छ । भिडियोमा सैफ आफ्ना छोरा तैमुरलाई क्रिकेट खेल्न सिकाउँदै छन् । भिडियोमा उनी छोरालाई सो खेलबारे बुझाउँदै छन् ।
भिडियोमा तैमुर आफ्नो कोचसँग ट्रेनिङ लिइराखेको पनि देखिन्छन् । सैफले छोरालाई पटौदी परिवारको गौरवशाली क्रिकेट इतिहासबारे बताइरहेको सुनिन्छ । सैफका पिता मन्सूर अली खान पटौदी चर्चित भारतीय क्रिकेटर हुन् । उनी भारतीय क्रिकेट टोलीका पूर्वकप्तान थिए । तैमुरले नेटमा अभ्यास गरिरहेको भिडियो इन्टरनेशनल क्रिकेट मास्टर्स युकेको इन्स्टाग्राम पेजमा शेयर गरिएको छ । यो इनडोर नेट लड्र्सको भएको बताइएको छ । यहाँ तैमुरले ब्याटिङ गरिरहेका छन् । यस पेजमा उनको बलिङको भिडियो पनि अपलोड गरिएको छ । यो भिडियो भाइरल हुनेबित्तिकै मानिसहरूले तैमुरलाई भविष्यका क्रिकेटर भनेका छन् ।
अर्का प्रयोगकतोले चाँहि तैमुरले आफ्नो हजुरबुबा जस्तै क्रिकेट खेल्ने बताएका छन् । अर्का प्रयोगकर्ताले भने तैमुरले आफ्नो परिवारको क्रिकेट परम्परालाई अगाडि बढाउनले बताएका छन् । भिडियोमा तैमुर मात्रै होइन सैफले पनि क्रिकेट खेलेको देखिन्छ । तैमुरले सैफलाई बल दिएपछि उनी क्रिजमा आउँछन् । सैफकी आमा आमा शर्मिला टैगोर बलिउडकी दिग्गज अभिनेत्री हुन् भने पिता मन्सूर अली खान पटौदी भारतीय क्रिकेट टोलीका कप्तान थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण