विदेशी सम्बन्धनका कलेजबारे अध्ययन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरूबारे अध्ययन गर्न गठित विज्ञ समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख १४ गते पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
समितिले गत जेठ ३२ गते शिक्षामन्त्री सुमना श्रेष्ठलाई प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा कलेजहरूले सरकारसँग गरेको सर्तहरूको पालना नगरेको उल्लेख गरिएको छ ।
नेपालमा विभिन्न विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर ५९ वटा कलेजहरूले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
प्रतिवेदनमा दीर्घकालीन रूपमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गर्ने शिक्षण संस्थाहरूलाई कानुन दायरमा ल्याउन सुझाव दिएको छ । त्यस्तै ती कलेजहरू नियम विपरीत सञ्चालन भएको भन्दै कानुनी दायरामा ल्याउन सुझाव दिएको हो । ती कलेजहरूले देखावटी परीक्षा गरेर विद्यार्थी उत्तीर्ण गरेको, नियमानुसार छात्रवृत्ति नदिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
समितिले विश्वका ५०० भित्र परेका विश्वविद्यालयको कार्यक्रम मात्रै नेपालमा बढाउन दिनुपर्ने सुझाव दिएको छ । अहिले विश्वका एक हजारभित्र पर्ने विश्वविद्यालयबाट सम्बन्धन लिने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण