डिमेन्सियाको सिकार भएका हुन् बाइडेन ?
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन डिमेन्सिया (बिर्सने रोग)को सिकार भएको र मूलधारको सञ्चारमाध्यमहरूमाथि सारा देशबासीसँग यो तथ्य लुकाएको आरोप लागेको राजनीतिक टिप्पणीकार र लेखक टकर कार्लसनले दाबी गरेका छन् ।
डेमोक्रेटहरूले छिटै बाइडेनको ठाउँमा कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्ने दाबी फक्स न्यूजका पूर्व होष्ट कार्लसनले गरेका छन् । अटलान्टामा भएको राष्ट्रपतिको पहिलो बहसको केही दिनपछि कार्लसनको यो दाबी आएको हो ।
सो बहसमा बाइडेनको प्रदर्शन निकै खराब रहेको थियो । सीएनएनमा पत्रकारका रुपमा आएको केही डेमोक्रेट कार्यकर्ताहरूले बाइडेनलाई डिमेन्सिया छ भनेर लुकाउन लागि परेको सिड्नी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्लसनले भनेका हुन् ।
अमेरिकी सञ्चार माध्यमहरूले हामीले भर्खरै यसबारे थाहा पाएको जस्तो व्यवहार गर्नु अचम्मित पार्ने खालको भएको उनको भनाई छ । ‘कि त उनीहरू मूर्ख हुन्, कि झुटा हुन्, कि बेइमान हुन्, कि त उनीहरूले तपाईँहरूसँग कुरा लुकाइरहेका छन् ।’ सीएनएनसमेत अन्य मुख्य सञ्चार माध्यमको आलोचना गर्दै कार्लसनले भने ।
डेमोक्रेटिक दलका केही मुख्य नेताहरूले राष्ट्रपतिको मानसिक सन्तुलन ठिक नभएको सुझाव दिइरहेको र उनलाई राष्ट्रपतिको दौडबाट हटाउन सकिने दाबी पनि कार्लसनले गरेका छन् । ११ जुलाईमा पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई हश मनी मुद्दामा सजाय सुनाइँदैछ । बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार राखिनु हुन्न भन्ने सुझाव पार्टीभित्रैबाट आउन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण