राजनीति
ओलीले बोलाएपछि एमाले मन्त्रीहरूलाई बालकोटमा
बुधबार, १९ असार २०८१, १८ : ५३
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई अध्यक्ष ओलीले बालकोट बोलाएको कृषिमन्त्री ज्वाला कुमारी साहले रातोपाटीलाई बताइन् ।
‘अध्यक्षज्यूले बालकोट बोलाउनुभएको छ । किन बोलाउनु भएको केही थाहा छैन । त्यही पुगेपछि थाहा होला । अहिले हामी जाँदैछौँ’, मन्त्री साहले भनिन् ।
असार १७ गते राति नेपाली कांग्रेस र एमालेबिच सहमति भएपछि ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने तर संसदमा विश्वासको मत लिने अडानमा छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण